जापानमा प्राविधिक श्रमिक पठाउने संस्थालाई १५ दिनभित्र निवेदन दिन आह्वान

अनलाइनसमय |
१ साउन २०८१
जापानमा प्राविधिक श्रमिक पठाउने संस्थालाई १५ दिनभित्र निवेदन दिन आह्वान

काठमाडौं, १ साउन । वैदेशिक रोजगार विभागले जापानमा प्राविधिक श्रमिक पठाउने संस्थाहरूलाई सूचीकृत हुन आह्वान गरेको छ ।

विभागले एक सूचना जारी गर्दै वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ३ बमोजिम योग्यता पुगेका इजाजतपत्रवाला संस्थाहरूलाई सूचना प्रकारित भएको १५ दिनभित्र निवेदन दिन आह्वान गरेको हो ।

‘नेपाली प्राविधिक अभ्यासार्थी जापान पठाउने निर्देशिका, २०६६ (दोस्रो संशोधन २०७१) को दफा १६ को उपदफा (२) तथा (३) बमोजिम सूचीकृत हुनको लागि १५ दिनभित्र विभागमा निवेदन दिन अनुरोध गरिएको छ,’ सूचनामा भनिएको छ ।

साथै विभागले यसअघि सूचीकृत भई नवीकरण बहाल रहेका इजाजतपत्रवाला संस्थाहरूले भने पुनः सूचीकृत हुनु नपर्ने जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस