बंगलादेशमा रहेका नेपाली विद्यार्थीलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन दूतावासको आग्रह

अनलाइनसमय |
२ साउन २०८१
बंगलादेशमा रहेका नेपाली विद्यार्थीलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन दूतावासको आग्रह

काठमाडौं, २ साउन । बंगलादेशमा रहेका नेपाली विद्यार्थीलाई सुरक्षित रहन दूतावासले आग्रह गरेको छ । बंगलादेशको ढाकास्थित नेपाली राजदूतावासले अत्यावश्यक कामबाहेक आफू बसेको स्थान र होस्टेलबाट बाहिर ननिस्कन नेपाली विद्यार्थीहरूलाई अनुरोध गरेको हो ।

दूतावासले बुधवार सूचना जारी गर्दै कारणवश कलेज प्रशासनले होस्टेलबाट सुरक्षित स्थानमा जान वा आफू बसेको स्थान प्रतिकूल भएमा दूतावासमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

राजदूतावासले नेपाली विद्यार्थी अध्ययनरत कलेजसँग निरन्तर सम्पर्कमा रहेको पनि जनाएको छ ।

बंगलादेशमा सरकारी जागिरमा रहेको कोटाको विरोध गर्दै विद्यार्थीहरूले आन्दोलन गरिरहेका छन् । उक्त आन्दोलन आन्दोलनका कारण ६ जनाको मृत्यु भएको छ ।

विज्ञप्तिमा उल्लेख भएअनुसार अर्को सूचना जारी नभएसम्मका बंगलादेशका विद्यालय र विश्वविद्यालय बन्द गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस