काठमाडौ।, २ साउन । चन्द्रागिरि केबलकारमा यात्रुहरू अड्किएका छन् । विद्युत सेवा अवरुद्ध हुँदा यात्रु डिब्बामै अड्किएका हुन् ।
सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार केबलकारका आठवटा डिब्बमा यात्रुहरू अड्किएका छन् ।
अवरुद्ध विद्युत सेवा सञ्चलानमा आउन समय लाग्ने भएकोले डिब्बामा फसेका यात्रुलाई उद्धार गर्न सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
उद्धारका लागि सशस्त्र प्रहरीको नम्बर ९ पशुपतिनाथ बाहिनीबाट २६ जनाको सशस्त्र प्रहरीको टोली चन्द्रागिरि पुगेको थापाले जानकारी दिए ।