काठमाडौं, ३१ भदौ । नेकपा एमालेका सांसद सूर्य ढकालले एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीलाई देशद्रोहको मुद्दा लगाउन माग गरेका छन् ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा ढकालले लिम्पियाधुरा, कालापानी, लिपुलेकमा भारतको दाबी पुग्ने अभिव्यक्ति दिने चौधरीलाई देशद्रोहको मुद्दा लगाउन माग गरेका हुन् ।
लिपिम्याधुरा सहितको भूभाग संविधानमा समेट्ने क्रममा पनि फरक मत राख्ने सांसदलाई पदमुक्त गरिएको सन्दर्भ पनि ढकालले स्मरण गराएका थिए ।