छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न नेपाल प्रहरीलाई गृहमन्त्रीको निर्देशन

अनलाइनसमय |
६ असोज २०८१
छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न नेपाल प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, ६ असोज । सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृहमन्त्रीले रमेश लेखकले नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।

आइतबार गृहमन्त्री लेखकले प्रहरी प्रमुख वसन्तबहादुर कुँवरलाई सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समितिले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएका हुन् ।

यसअघि मन्त्रिपरिषद्ले प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाएको थिया । मन्त्रिपरिषद्को बैठकले प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाएको थियो ।

छानबिन समितिको प्रतिवेदनमा रास्वपा सभापति रवि लामिछानेसहित ४ जनाविरुद्ध चार कसुरमा अनुसन्धान गर्न सिफारिस गरिएको छ । लगायतमाथि कारबाही गर्न सिफारिस गरेको छ । छानबिन समितिले लामिछानेले सहकारीबाट गोरखा मिडियामा आएको अवैध रकम दुरुपयोग गरेकाले प्रचलित कानुनबमोजिम कारबाही गर्न सिफारिस गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस