काठमाडौं, ८ असोज । अहिलेको अनलाइन प्रणालीबाट पनि सिंदरबार छिर्न लामो प्रक्रिया पूरा गर्नुपर्ने भएपछि सरकारले नयाँ ई–पास जारी गर्न तयारी थालेको छ ।
सोमबार मुख्यसचिव एक नारायण अर्यालको अध्यक्षतामा भएको सचिव बैठकले गृह मन्त्रालयले सहरी विकास मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समन्वयमा एक महिनाभित्र सिंहदरबार प्रवेश गर्नेका लागि ई–पास दिने प्रणाली कार्यन्वयनमा ल्याउने निर्णय गरेको छ ।