मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान

अनलाइनसमय |
९ असोज २०८१
मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान

काठमाडौं, ९ असोज । निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताका लागि आह्वान गरेको छ । आयोगले आज (बुधबार) एक सूचना जारी गर्दै आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा भाग लिनका लागि राजनीतिक दलहरूलाई असोज १० गतेदेखि १६ गतेसम्म दर्ताका लागि आह्वान गरेको हो ।

आयोगले सूचनामा राजनीतिक दल सम्बन्धत्री नियमावली २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा दल दर्ताको निवेदन दिन अनुरोध गरेको छ । निवेदन कान्तिपथस्थित आयोगको कार्यालयमा कार्यालय समयभित्र दर्ता गराउन सकिने छ ।

दल दर्ताका लागि निवेदन दिँदा दलको पूरा नाम, संक्षिप्त नाम, स्थापना मिति, आयोगमा दर्ता भएको मिति, केन्द्रीय कार्यालयको ठेगाना, पत्रचार गर्ने ठेगाना, टेलिफोन नम्बर, इमेल, वेबसाइट र सामाजिक सन्जालको खाता उल्लेख गर्नुपर्ने छ ।

यस्तै दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी र सदस्यको संख्या, दलको वार्षिक लेखापरीक्षण प्रतिवेदन आयोगमा पेश गरेको मिति, दलको केन्द्रीय स्तर र प्रदेश स्तरको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन भएको मिति पनि उल्लेख गर्नुपर्ने छ ।

आगामी मंसिर १६ गते हुन लागेको थानीय तहको उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवारी दर्ता गर्ने आयोगको कार्यसूची छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस