काठमाडौं, १३ असोज । नौबिसे–नागढुंगा सडक खण्डको झ्याप्ले खोलामा पुरिएको अवस्थामा थप ३ शव फेला परेको छ । फेला परेका तीनै जनाको शव निकालिएको छ ।
फेला परेका शव गोरखाबाट काठमाडौंतर्फ आउँदै गर्दा सम्पर्कविहीन भएको बसका यात्रु हुन सक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
सशस्त्र प्रहरीका डीएसपीको कमान्डमा र नेपाली सेना , नेपाल प्रहरी सहितको टोलीले उद्धारका क्रममा पहिरो हटाउँदै जाँदा एउटा बस पुरिएको अवस्थामा फेला परेको थियो । अहिले बस निकाल्ने काम भइरहेको छ । सोही क्रममा शव फेला परेको हो । फेला परेको बस आधामात्रै देखिएकाले बस नम्बर पहिचान भइसकेको छैन ।
झ्याप्ले खोलामै हिजो दुई वटा बस पुरिएको अवस्थामा फेला परेका थिए । ती बसबाट १४ जनाको शव निकालिएको थियो ।