झ्याप्ले खोलाबाट थप ७ शव निकालिए

अनलाइनसमय |
१३ असोज २०८१
झ्याप्ले खोलाबाट थप ७ शव निकालिए

काठमाडौं, १३ असोज । नौबिसे–नागढुंगा सडक खण्डको झ्याप्ले खोलामा पुरिएका थप ७ जनाको शव निकालिएको छ ।

फेला परेका शव गोरखाबाट काठमाडौंतर्फ आउँदै गर्दा सम्पर्कविहीन भएको बसका यात्रु हुन सक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

निकालिएका शवमध्ये ८ जना पुरुष र २ जना महिलाका शव रहेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

यसअघि आजै तीन वटा सशस्त्र प्रहरीका डीएसपीको कमान्डमा र नेपाली सेना , नेपाल प्रहरी सहितको टोलीले उद्धारका क्रममा पहिरो हटाउँदै जाँदा एउटा बस पुरिएको अवस्थामा फेला परेको थियो । अहिले बस निकाल्ने काम भइरहेको छ । सोही क्रममा शव फेला परेको हो । फेला परेको बस आधामात्रै देखिएकाले बस नम्बर पहिचान भइसकेको छैन ।

झ्याप्ले खोलामै हिजो –शनिबार) दुई वटा बस पुरिएको अवस्थामा फेला परेका थिए । ती बसबाट १४ जनाको शव निकालिएको थियो ।
यससँगै शनिबार गएको उक्त पहिरोमा परेर मृत्यु भएकाहरूको संख्या २४ पुगेको सशस्त्र प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस