चीन भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री पौडेल

अनलाइनसमय |
१३ असोज २०८१
चीन भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री पौडेल

काठमाडौं, १३ असोज । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल चीन भ्रमण सकेर स्वदेश फर्किएका छन् । उनी आइतबार दिउँसो स्वदेश फर्किएका हुन् ।

अर्थमन्त्री पौडेलले भीषण बाढी र पहिरोले जनधनमा ठूलो क्षति पुर्‍याएकोमा दुःख व्यक्त गरेको उनको सचिवालयले जनाएको छ । सरकारले सबै सामर्थ्यका साथ उत्पन्न विषम् परिस्थितिको सामना गर्ने बताए । साथै उनले समस्या समाधानका लागि आफ्नो ठाउँबाट सहयोग गर्न र धैर्य रहन सबैलाई आग्रह समेत गरेका छन् ।

अर्थमन्त्री पौडेल चीनका उपप्रधानमन्त्री हि लिफेङको निमन्त्रणामा ७ असोजमा चीन पुगेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस