प्रधान सेनापति सिग्देल र चीनका राजदूत सोङबिच भेटवार्ता

अनलाइनसमय |
१३ असोज २०८१
प्रधान सेनापति सिग्देल र चीनका राजदूत सोङबिच भेटवार्ता

काठमाडौं, १३ असोज । प्रधान सेनापति महारथी अशोकराज सिग्देल र नेपालका लागि चीनका महामहिम राजूदत चेन सोङबीच भेटवार्ता भएको छ ।

आइतबार दिउँसो जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डामा उनीहरुबीच भेटवार्ता भएको हो ।

प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

उक्त भेटले दुई देशबिच रहि आएको सम्बन्ध थप सुमधुर एवम् प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस