बाढी–पहिरो र डुबानमा परी २१७ को मृत्यु, २८ जना वेपत्ता

अनलाइनसमय |
१५ असोज २०८१
बाढी–पहिरो र डुबानमा परी २१७ को मृत्यु, २८ जना वेपत्ता

काठमाडौं, १५ असोज । गत बिहीबारदेखिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म दुई सय १७ जनाको मृत्यु भएको छ । त्यस्तै २८ जना बेपत्ता छन् भने १४३ जना घाइते छन् ।

बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।

हालसम्म ४ हजार ३३१ जनाको उद्धार भएको प्रहरीले जनाएको छ ।

बाढी प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जनाइएको छ ।

सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको प्रवक्ता तिवारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस