झ्याप्लेखोलाको पहिरो पन्छाउन पृथ्वी राजमार्ग दुई घण्टाका लागि पूर्णरुपमा बन्द

अनलाइनसमय |
१५ असोज २०८१
झ्याप्लेखोलाको पहिरो पन्छाउन पृथ्वी राजमार्ग दुई घण्टाका लागि पूर्णरुपमा बन्द

काठमाडौं, १५ असोज । पृथ्वी राजमार्ग (नागढुंगा सडक) दुई घण्टाका लागि पुनः बन्द गरिएको छ ।

बिहीबार र शुक्रबार भएको अविरल वर्षाले भएको बाढीपहिरोपछि एकतर्फीरुपमा सञ्चालन भएको सडक दिउँसो २ बजेससम्मका लागि पूर्ण रुपमा बन्द गरिएको हो ।

झ्याप्लेखोलाको पहिरो पन्छाएर सडकलाई पूर्णरुपमा सञ्चालन ल्याउनका लागि २ घण्टाका लागि बन्द गरिएको सूचनामा उल्लेख छ ।

लामो यात्रामा निस्कनुपर्ने भए नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गरेर मात्रै निस्कन प्रहरीले अनुरोध गरेको छ ।

झ्याप्ले खोलाको पहिरोले बन्द भएको सडक सोमबारदेखि आंशिकरुपमा सञ्चालनमा आएको थियो ।

May be an image of text

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस