कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द हुने

अनलाइनसमय |
२ कार्तिक २०८१
कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द हुने

काठमाडौं, २ कार्तिक । मकवानपुरको कुलेखानी–फाखेल र सिस्नेरी–दक्षिणकाली सडक तीन दिन बन्द हुने भएको छ ।

नायब उपरीक्षक श्याम अर्यालका अनुसार इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलामा ह्युम पाइप राख्नुपरेकाले आजदेखि तीन दिनसम्म दुवै सडक बन्द गर्न लागिएको हो ।

दुवै सडकको वैकल्पिक मार्ग हेटौंडा–भैँसे–पालुङ–काठमाडौँ र कान्तिलोकपथ– हेटौँडा–ठिंगन–काठमाडौं प्रयोग गर्न पनि प्रहरीले अनुरोध गरेको छ ।

केही साता अघि अविरल वर्षाको कारण भएको बढीपहिरोले उक्त सडक धेरै स्थानमा प्रभावित छ । हाल सडक सञ्चालनमा ल्याइए पनि सडक वरिपरिका माटो भने हटाइएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस