उपराष्ट्रपति यादवको हर्नियाँको शल्यक्रिया हुँदै

अनलाइनसमय |
७ कार्तिक २०८१
उपराष्ट्रपति यादवको हर्नियाँको शल्यक्रिया हुँदै

काठमाडौं, ७ कार्तिक । उपराष्ट्रपति रामसहाय प्रसाद यादवको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया हुँदै छ ।

उपराष्ट्रपतिका निजी चिकित्सक डा शिवजीविक्रम सिलवालले उनको हर्नियाँको शल्यक्रिया गर्न लागेको जानकारी दिए ।

चिकित्सक सिलवालका अनुसार उपराष्ट्रपति यादव मङ्गलबार त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए । यादवको शल्यक्रिया प्रा.डा. रमेशसिंह भण्डारी (युनिट चिफ एन्ड लिभर ट्रान्सप्लान्ट सर्जन) र डा सुमिता प्रधानको टिमले गर्दै छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस