जंगली च्याउ खाँदा एकै परिवारका ५ जना बिरामी

अनलाइनसमय |
११ कार्तिक २०८१
जंगली च्याउ खाँदा एकै परिवारका ५ जना बिरामी

काठमाडौं, ११ कार्तिक । पूर्वी नवलपरासीमा जंगली च्याउ खाँदा एकै परिवारका ५ जना बिरामी भएका छन् ।

शनिवार साँझको खानामा जंगली च्याउको तरकारी खाएका देवचुली नगरपालिका–२ का ४८ वर्षीय बाबुलाल राजवंशीको परिवार बिरामी परेका जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

शनिवार दिउँसो नजिकैको जंगलबाट टिपेर ल्याएको च्याउको तरकारी खाँदा बाबुलालसहित ४६ वर्षीया रनमाया राजवंशी, २८ वर्षीया धनमाया राजवंशी, २६ वर्षीय मदन राजवंशी र ९ वर्षीया रिदिमा बिरामी परेका हुन् ।

च्याउको तरकारी खाएका उनीहरुमा एक्कासि पेट दुख्ने, वान्ता हुने भएपछि उपचारको लागि पुरानो मेडिकल कलेज चितवनमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस