प्राइम कमर्सियल बैंकको ५ प्रतिशत नगद लाभांश घोषणा

अनलाइनसमय |
११ कार्तिक २०८१
प्राइम कमर्सियल बैंकको ५ प्रतिशत नगद लाभांश घोषणा

काठमाडौं, ११ कार्तिक । प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट आफ्ना शेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ ।

आज बिहान बसेको सञ्चालक समिति बैठकले शेयर धनीका लागि ५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । बैंकले शेयरधनीहरुलाई ५ प्रतिशतले हुन आउने ९७ करोड १ लाख २८ हजार ७८६ रुपैयाँ वितरण गर्ने निर्णय गरेको छ । उक्त लाभांश करसहित रहेको बैंकले स्पष्ट पारेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरेर शेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ ।

बिहीबार बजार बन्द हुँदा यस बैंकको शेयर मूल्य प्रतिकित्ता २९० रुपैयाँ छ । बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १ अर्ब २८ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस