नबिल बैंकको १० प्रतिशत लाभांश घोषणा

अनलाइनसमय |
१४ कार्तिक २०८१
नबिल बैंकको १० प्रतिशत लाभांश घोषणा

काठमाडौं, १४ कार्तिक । नबिल बैंकले लाभांश घोषणा गरेको छ । बैंकको कात्तिक १३ गते बसेको ६६८ औं संचालक समिति को बैठकले गत आर्थिक वर्षसम्मको कमाईबाट आफ्ना शेयरधनीहरुलाई दश प्रतिशतका दरले नगद लाभांश (कर सहित) अर्थात् प्रति शेयर १० रुपैयाँ (कर सहित) वितरण गर्ने निर्णय गरेको हो

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी बार्षिक साधारणसभाले स्वीकृत गरेपछि तोकिएको समयसम्म कायम शेयरधनीहरुमा वितरण हुनेछ ।

बैंकले साधारणसभा प्रयोजनका लागि बुक क्लोज को मिति तय गर्नेछ ,सोही मितीसम्म कायम शेयरधनिहरुले मात्र लाभांश प्राप्त गर्न तथा साधारणसभामा भाग लिन पाउनेछन ।

यस अवधिमा नबिल बैंक को चुक्तापूंजी २७ अर्ब ५ करोड रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस