प्रधानमन्त्री ओली अस्वस्थ, अत्यावश्यक बाहेकका भेटघाट स्थगित

अनलाइनसमय |
२० कार्तिक २०८१
प्रधानमन्त्री ओली अस्वस्थ, अत्यावश्यक बाहेकका भेटघाट स्थगित

काठमाडौं, २० कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । प्रधानमन्त्री ओलीलाई ज्वरो आएपछि अत्यावश्यकबाहेकका भेटघाट कार्यक्रम स्थगित गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार उनलाई सोमबार साँझदेखि ज्वरो आएको र अहिले बालुवाटारमै चिकित्सकको निगरानीमा आराम गरिरहेका छन् ।

मंगलबार रगत जाँच गर्न पठाइएको र त्यसको रिपोर्ट आएपछि समस्याबारे पत्ता लाग्ने सचिवालयले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस