एकैदिन चार हजार रुपैयाँले घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

अनलाइनसमय |
२२ कार्तिक २०८१
एकैदिन चार हजार रुपैयाँले घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २२ कार्तिक । आज नेपाली बजारमा सुनको मूल्य ह्वातै घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार बजारमा सुनको मूल्य तोलामै ४ हजार रुपैयाले घटेको छ । यो गिरावटसँगै सुनको मूल्य प्रति तोला एक लाख ६४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

अघिल्लो कारोबार दिन बुधबार छापावाला सुन प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँले घटेको छ । यस दिन चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन बिहिबार चाँदी २ हजार १५ रुपैयाँमा कारोबार भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस