काठमाडौं, २ मंसिर । यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको जसपा नेपालबाट तेस्रो लिङ्गी महिला दीपक महर्जन (हनी) र राजीव महर्जन (मौनी) ले उम्मेदवारी दिएका छन् ।
कीर्तिपुर नगरपालिकाको मेयरमा तेस्रो लिंगी हनि महर्जन र वडाध्यक्षमा मौनी महर्जनले उम्मेदवारी दिएका हुन् । दुबै उम्मेदवारले आइतबार कीर्तिपुरस्थित निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारी दर्ता गराएका छन् ।
मेयरकी उम्मेदवार हनी महर्जनले सफा, स्वच्छ र सुन्दर कीर्तिपुरलाई भ्रष्टाचारमुक्त नगर बनाउने प्रतिबद्धता व्यक्त गरिन् । उद्यमी बन्न प्रोत्साहन पुग्ने कार्यक्रम सञ्चालन गर्ने, पदमार्गहरूको पहिचान गर्ने र पर्यटकहरूका लागि घुम्नैपर्ने शहरका रूपमा कीर्तिपुरको विकास गर्ने पनि उनले योजना सुनाइन् ।
राजनीतिमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको सहभागिताका लागि उनीहरूलाई अघि सारिएको जसपाले जनाएको छ ।