एमालेको सभालाई प्रधानमन्त्री ओलीले साढे १ बजे सम्बोधन गर्ने

अनलाइनसमय |
७ मंसिर २०८१
एमालेको सभालाई प्रधानमन्त्री ओलीले साढे १ बजे सम्बोधन गर्ने

काठमाडौं, ७ मंसिर । सत्तारुढ नेकपा एमालेले आज शुक्रबार काठमाडौंको दरबारमार्गमा जागरण सभा गर्दै छ ।
सभालाई दिउँसो साढे एक बजे प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने छन् ।

सभाअघि एमालेले काठमाडौंको भद्रकालीबाट र्‍याली निकाल्ने छ । र्‍याली सुन्धारा, रत्नपार्क हुँदै दरबारमार्ग पुगेर सभामा परिणत हुनेछ ।
एमालेले नेतृत्व गरेको वर्तमान सरकारले गरेका कामको प्रचार र भ्रमलाई चिर्ने उद्देश्यले जागरण सभा आयोजना गर्न लागेको एमालेले जनाएको छ ।

एमालेले सो सभामा कम्तीमा एक लाख कार्यकर्ता सडकमा उतार्ने योजना बनाएको छ । यो सभालाई एमालेको शक्ति प्रदर्शनको रुपमा हेरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस