शंकर पोख्रेलको प्रश्नः चुच्चे नक्सा प्रकाशित गर्नु, सुरुङमार्ग, रेल र पानी जहाजको योजना अघि सार्नु गलत हो ?

अनलाइनसमय |
७ मंसिर २०८१
शंकर पोख्रेलको प्रश्नः चुच्चे नक्सा प्रकाशित गर्नु, सुरुङमार्ग, रेल र पानी जहाजको योजना अघि सार्नु गलत हो ?

काठमडौं, ७ मसिर । सत्तारुढ दल नेकपा एमालेका महासचिव शंकर पोख्रेलले एमाले नेतृत्वको सरकारले नेपालको गुमेको भूभाग समेटेर नक्सा प्रकाशित गर्नु, रेल, सुरुङमार्ग र पानी जहाजको योजना अघिसार्नु गलत नभएको जिकिर गरेका छन् ।

एमालेले आज काठमाडौँमा गर्न लागेको जागरसभा र भइरहेको आलोचनाप्रति सङ्केत गर्दै महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नेकपा(एमाले) र त्यसको नेतृत्वका विरुद्धमा षडयन्त्रपूर्ण कुप्रचार किन र कस्को प्रायोजनमा भइरहेको छ ?’

शुक्रबार एमालेले अराजकताविरुद्ध भन्दै काठमाडौंमा जनप्रदर्शन गर्दैछ । जागरण सभा नाम दिईएको उक्त सभामा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् । सो सभामा कम्तीमा एक लाख कार्यकर्ता सडकमा उतार्ने एमालेको तयारी छ । यो सभालाई एमालेको शक्ति प्रदर्शनको रुपमा हेरिएको छ ।

यस्तै पोखरेलले नेपालको विकासका लागि छिमेकी मित्र राष्ट्रहरूबाट सहुलितपूर्ण ऋण सहायता लिनु गलत हो भन्दै प्रश्न गरेका छन् ।

चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौता कार्यान्वयन गर्ने सन्दर्भमा सत्तारुढ दलहरुबीच अहिले छलफल चलिरहेका छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले १७ देखि २० मंसिरसम्म चीनको औपचारिक भ्रमण गर्दैछन् । प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा बीआरआई अन्तर्गतका परियोजना अनुदानमा मात्रै लिने कि ऋणमा समेत लिने गरी कार्यान्वयन सम्झौता गर्ने भन्ने विषयमा सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसका बीचमा फरक मत रहँदै आएको छ । यस्तो अवस्थामा उनले छिमेकी राष्ट्रबाट ऋण लिन सकिने बताएका छन् ।

यस्ता छन् पोखरेलले सामाजिक सञ्जालमा पोस्ट गरेका ९ प्रश्न:

१. नेकपा(एमाले) र त्यसको नेतृत्वका विरुद्धमा षडयन्त्रपूर्ण कुप्रचार किन र कस्को प्रायोजनमा भइरहेको छ ?

२. के नेकपा(एमाले)ले स्वाधिनता, स्वभिमान र राष्ट्रिय हितका पक्षमा अडान लिनु र नेपालको गुमेको भूभाग समेटेर नक्सा प्रकाशित गर्नु अपराध हो ?

३. नेपालको विकास र समृद्धिका लागि मेघा परियोजनाहरु अघि वढाउनु, सुरुङ, रेल र पानी जहाजको योजना अघिसार्नु गलत हो ?

४. नेपालको विकासका लागि छिमेकी मित्र राष्ट्रहरूबाट सहुलितपूर्ण ऋण सहायता लिनु के गलत हो ?

५. नेपाललाई भूपरिवेष्ठित मुलुकबाट भूजडित मुलुकमा बदल्नका लागि उत्तरी छिमेकी चिनसँग व्यापार र पारवाहन सम्झौता गर्नु गलत हो ?

६. के भारतको कलकत्ता पोर्टको विकल्पका रुपमा भारतवाट थप बन्दरगाहा प्रयोगको अधिकार सुनिश्चित गर्नु गलत हो ?

७. के नेपालले भैरहवा गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलका लागि भारतसँग अनुकूल एअररुटको माग गर्नु गलत हो ?

८. के नेपालले आफूलाई स्वाधिन राष्ट्रकारूपमा समनताका आधारमा व्यवहारको माग गर्नु गलत हो ?

९. के राष्ट्रको विकास र समृद्धिका लागि सहुलितपूर्ण ऋण सहायता परिचालन गर्नु गलत हो ?

 

पोखरेलले एमालेले गरेका यी काम गलत लागे मात्र विरोध जायज हुन सक्ने बताएका छन् । उनले लेखेका छन्, ‘होइन भने देश बनाउनका लागि उसले गरेका राम्रा काममा साथ देउ । काम गर्नेलाई हौसला देउ । कमीकमजोरी भए सुझाव देउ । विकल्प भए विकल्प देउ ।’

उनले अस्थिरता सिर्जना गर्ने उद्देश्य अनुरुप प्रायोजित रुपमा सिर्जित षडयन्त्र र भ्रमवाट समाज र राजनीतिलाई मुक्त गर्न आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस