अहिलेको समिकरण ०८४ मंसिरको चुनावसम्मम कायम रहन्छ : प्रधानमन्त्री

अनलाइनसमय |
७ मंसिर २०८१
अहिलेको समिकरण ०८४ मंसिरको चुनावसम्मम कायम रहन्छ : प्रधानमन्त्री

काठमाडौं, ७ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले २०८४ को मंसिरसम्म अहिलेकै वर्तमान समीकरण रहिरहने दाबी गरेका छन् ।

राजधानी काठमाडौँमा आज पार्टीले आयोजना गरेको जागरण सभालाई संवोधन गर्दै ओलीले काँग्रेस –एमालेको सत्ता समीकरण आगामी निर्वाचन सम्म कायम रहने बताएका हुन् ।

उनले दुई दल बीच भएको सहमति अनुसार आफुले १८ महिना र काँग्रेस सभापति शेर बहादुर देउवाले १८ महिना चलाउने कोही भ्रम नपर्न आग्रह समेत गरेका गरे । ‘०८४ साल मंसिरको चुनावसम्म अहिलेको समीकरण कायम रहन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यस्ता भ्रममा नपर्नुस, आम जनतालाई त्यस्ता भ्रममा पर्न नदिनुस् ।’

प्रधानमन्त्री ओलीले सरकार ढल्ने भ्रममा नपर्न आग्रह गर्दै आफू प्रधानमन्त्री रहने अवधि उल्लेख गरे । ‘२०८३ असारसम्म यो सरकार रहन्छ, त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री रहनु हुन्छ’, ओलीले भने ।

तर यो सरकार बन्दै बन्दैन भन्नेहरू अहिले पनि फरवरीको भाका राख्दै गरेको प्रधानमन्त्री ओलीको भनाइ थियो । भ्रम छर्नेहरूले भाका सार्दै सरकारको आयुको मिति तोक्ने गरेको उनले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस