जीवन विकास लघुवित्तद्वारा लाभांश घोषणा

अनलाइनसमय |
९ मंसिर २०८१
जीवन विकास लघुवित्तद्वारा लाभांश घोषणा

काठमाडौं, ९ मंसिर । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनीहरूलाई लाभांश घोषणा गरेको छ ।

संस्थाको मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकले वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको १४ प्रतिशत बोनस शेयर र ०.७३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई आए पश्चात् आगामी हुने वार्षिक साधारण सभाबाट अनुमोदन गरी वितरण गरिनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस