कीर्तिपुरको निर्वाचनका लागि २० मतदान स्थल तोकियो

अनलाइनसमय |
११ मंसिर २०८१
कीर्तिपुरको निर्वाचनका लागि २० मतदान स्थल तोकियो

काठमाडौं, ११ मंसिर । कीर्तिपुर नगरपालिकाको निर्वाचनका लागि २० मतदान स्थल तोकिएको छ ।

यही मंसिर १६ गते हुने उपनिर्वाचनका लागि २० मतदान स्थल तय गरिएको कीर्तिपुरका सहायक निर्वाचन अधिकृको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार उपनिर्वाचनका लागि बाघभैरव मन्दिर, इन्द्रायणी आधारभूत विद्यालय, विश्वराष्ट्रिय मावि, ३ वडाको साविक कार्यालय, भगवानस्थान गम्चाचौर, बाघभैरव मावि, सल्यानस्था आधारभूत विद्यालय, देउखेल पाँगा तोकिएको छ ।

त्यस्तै जनसेवा मावि, गरुडस्थान परिसर चोभार, ६ नम्बर वडा कार्यालय, जल विनायक आधारभूत विद्यालय, रेडिषृ मनिटरिङ टावर स्टेशन, वैष्णव मावि, नजज्योति आधारभूत विद्यालय, ८ नम्बर वडा कार्यालय, कीर्तिपुर मावि, विद्याश्रम आधारभूत विद्यालय, १० नम्बर वडा कार्यालय र जगतपाल महाविर मतदान केन्द्र तोकिएको छ ।

नगर प्रमुखका लागि कीर्तिपुरमा दल र स्वतन्त्र गरी २० जना उम्मेदवार छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस