मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीको महाधिवेशन सुरु

अनलाइनसमय |
१३ मंसिर २०८१
मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीको महाधिवेशन सुरु

काठमाडौं, १३ मंसिर । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीको राष्ट्रिय एकता महाधिवेशन काठमाडौंमा सुरु भएको छ ।

पार्टीका नेता तथा कार्यकर्ता रत्नपार्कस्थित शान्तिबाटिकामा जम्मा भएर न्युरोडस्थित भूगोल पार्क पुगेर महाधिवेशनको उद्घाटन गरिएको हो ।महाधिवेशनमा देशभरबाट साढे तीन सय प्रतिनिधि सहभागी छन् ।

महाधिवेशनमा अध्यक्ष वैद्यले पेस गर्ने राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि छलफल गरी परिमार्जनसहित पारित हुने पार्टीले जनाएको छ ।

नेकपा (बहुमत) र नेकपा (मसाल) का सन्तबहादुर नेपालीसँग एकता भएपछि हुन लागेको पहिलो महाधिवेशन भएकाले यसलाई पार्टीले एकता महाधिवेशन भनेको छ ।

महाधिवेशन आगामी २३ मंसिरसम्म चल्ने बताइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस