तोलामा १६ सय रुपैयाँ बढ्यो सुन, आज कतिमा हुँदैछ कारोबार ?

अनलाइनसमय |
१४ मंसिर २०८१
तोलामा १६ सय रुपैयाँ बढ्यो सुन, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १४ मंसिर । यस साताको अन्तिम दिन नेपाली बजारमा सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार सुन प्रतितोला १ लाख ४९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ८०० रुपैयाँ रहेको चाँदी यस दिन १ हजार ८४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस