आचारसंहिता विपरित कार्य गर्ने ६ उम्मेदवारलाई आयोगले सोध्यो स्पष्टीकरण

अनलाइनसमय |
१४ मंसिर २०८१
आचारसंहिता विपरित कार्य गर्ने ६ उम्मेदवारलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं, १४ मंसिर । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरित कार्य गरेको भन्दै ६ उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ । आयोगले काठमाडौं महानगरपालिका–१६ र कीर्तिपुर नगरपालिकाका गरी ६ जना उम्मेदवारलाई स्पष्टीकरण सोधेको हो ।

आयोगले निर्वाचन अचासंहिताको पालना भए/नभएको अनुगमनका लागि टोली गठन गरेको थियो । गएराति अनुगमनका क्रममा उनीहरूले आचारसंहिता उल्लङ्घन गर्दै चुनावी प्रचारप्रसार गरेको पाइएपछि स्पष्टीकरण सोधेको आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस