सााना किसान लघुवित्तको लाभांश घोषणा, बोनस शेयर कति ?

अनलाइनसमय |
१७ मंसिर २०८१
सााना किसान लघुवित्तको लाभांश घोषणा, बोनस शेयर कति ?

काठमाडौं, १७ मंसिर । सााना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ ।

संस्थाको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १४ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त लाभांशमध्ये १३.३० प्रतिशत बोनस शेयर र ०.७० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात संस्थाको आगामी साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस