कीर्तिपुर–४ को वडाध्यक्षमा कांग्रेसका राजेन्द्र बानियाँ निर्वाचित

अनलाइनसमय |
१७ मंसिर २०८१
कीर्तिपुर–४ को वडाध्यक्षमा कांग्रेसका राजेन्द्र बानियाँ निर्वाचित

काठमाडौं, १७ मंसिर । कीर्तिपुर नगरपालिका–४ को वडाध्यक्षमा नेपाली कांग्रेसका राजेन्द्र बानियाँ निर्वाचित भएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार कांग्रेस उम्मेदवार राजेन्द्र बानियाँ १ हजार १५५ मतसहित विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार पविता खड्का अधिकारीले ८०६ मत ल्याएकी थिइन् । तेस्रो स्थानमा रहेको नेकपा एमालेका बद्री बुढाथोकीले ४६० मत प्राप्त गरे । माओवादी केन्द्रका उम्मेदवार नारायण विष्टले ३८१ मत प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस