नवनिर्वाचित वडाध्यक्ष श्रेष्ठलाई मेयर बालेन शाहद्धारा शपथ ग्रहण

अनलाइनसमय |
१८ मंसिर २०८१
नवनिर्वाचित वडाध्यक्ष श्रेष्ठलाई मेयर बालेन शाहद्धारा शपथ ग्रहण

काठमाडौं, १८ मंसिर । नवनिर्वाचित काठमाडौं महानगरपालिका वडा नम्बर १६ की वडाध्यक्ष रोजिना श्रेष्ठलाई मेयर बालेन शाहले शपथ ग्रहण गराएका छन् ।

काठमाडौं महानगरको कार्यालयमा मंगलबार आयोजित एक कार्यक्रमकाबीच श्रेष्ठलाई मेयर शाहले शपथ ग्रहण गराएका हुन् ।

उनी गत आइतबार भएको उपनिर्वाचनमा काठमाडौं–१६ को वडाध्यक्ष पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित भएकी हुन् ।

काठमाडौं–१६ बाट निर्वाचित नेपाली कांग्रेसका वडाध्यक्ष मुकुन्द रिजालको निधनपछि यहाँ उपनिर्वाचन भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस