गण्डकीको सांसद बन्दै सुनिता थापा

अनलाइनसमय |
२४ मंसिर २०८१
गण्डकीको सांसद बन्दै सुनिता थापा

काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसले समानुपातिकतर्फ रिक्त रहेको गण्डकी प्रदेशसभा सांसद पदमा स्याङ्जाकी सुनिता थापालाई पठाउने निर्णय गरेको छ ।

सोमबार बिहान बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले समानुपातिकतर्फ रिक्त पदमा थापालाई सिफारिस गर्ने निर्णय भएको कांग्रेसले जनाएको छ ।

कांग्रेसबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको मृत्यु भएपछि सो पद रिक्त थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस