आइसीएफसी फाइनान्सको लाभांश घोषणा

अनलाइनसमय |
२५ मंसिर २०८१
आइसीएफसी फाइनान्सको लाभांश घोषणा

काठमाडौं, २५ मंसिर । आइसीएफसी फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

कम्पनीको मंसिर २५ गते बिहान बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको ५.२६३२ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत) प्रदान गर्ने निर्णय गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन गरेपश्चात् शेयरधनीले पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस