लुम्बिनी विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

अनलाइनसमय |
५ पुष २०८१
लुम्बिनी विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं, ५ पुस । लुम्बिनी विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०÷८१ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

बैंकको पुष ५ गते बसेको सञ्चालक समितिको बैठकले ७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो, जसमध्ये ३ प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश (कर सहित) रहेको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् शेयरधनीहरुलाई वितरण गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस