काठमाडौं, ६ पुस । हमासले पहिलो चरणमा रिहा गरिने तीन महिला बन्धकको नाम सार्वजनिक गरेपछि केही ढिलो गरी गाजामा युद्धविराम सुरु भएको छ ।
यसको बदलामा इजरायलले केही दर्जन प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्ने बताइएको छ । हमासले रिहा गर्ने महिलाहरूको सूचीमा वर्षकी भेटनरी नर्स, सुपरनोभा फेस्टिभलका क्रममा बन्धक बनाइएकी २४ वर्षकी युवती र ब्रिटिस इजरेली दोहोरो नागरिकता रहेकी २८ वर्षकी युवती रहेको जनाइएको छ । रिहा हुने बन्धकहरू डोरोन स्टेनब्रेकर, एमीली डामारी र रोमी गोनेन भएको जनाइएको छ ।
हमास नेतृत्वको सिभिल डिफेन्स एजेन्सीले आइतवार बिहानबाट युद्ध विराम सुरु हुने भनिएको समययता इजरेली हवाई आक्रमणमा दशजना मारिएको बताएका छन् ।
उक्त निकायका प्रवक्ता मोहमद बासालका अनुसार ६ जना गाजामा मारिएका थिए भने ३ जना उत्तरमा र एक जना रफाहमा मारिनुका साथै थप २५ जना घाइते भएका थिए । इजरायलका प्रधानमन्त्रीले आइतवार रिहा गर्ने भनिएका पहिलो तीन बन्धकको नाम हमासले सार्वजनिक नगरेसम्म युद्धविराम सुरु नगर्न देशको सेनालाई आदेश दिएका थिए ।
यसैबीच इजरायलका अति दक्षिणपन्थी राष्ट्रिय सुरक्षा मन्त्रीसहित दुई अन्य मन्त्रीले गाजा युद्धविराम सम्झौताको विरोध गर्दै सरकारबाट राजीनामा दिएका छन् । उनीसँगै वासरलाउफ र अमिचाई एलियाहुले आइतबार बिहान राजीनामा बुझाएका हुन् ।बीबीसीबाट