काठमाडौं, १७ माघ । काठमाडौंको टुँडीखेलमा सोनाम ल्होसार मनाइएको छ । तामाङ समुदायको नयाँ वर्षको रूपमा परिचित यो पर्व आज विविध कार्यक्रमको आयोजना गरी मनाइएको हो ।
हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होसार मनाइने गरिन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा यो ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारको अवसरमा आज देशैभर सार्वजनिक बिदा दिइएको छ ।
तस्बिरहरू














