इन्टर कलेज आर्ट प्रतियोगितामा अनिश विक्रम नेम्वाङ प्रथम

अनलाइनसमय |
२९ माघ २०८१
इन्टर कलेज आर्ट प्रतियोगितामा अनिश विक्रम नेम्वाङ प्रथम

काठमाडौं, २९ माघ । ग्लोबल रिच नेपालले गरेको अन्तर–कलेज चित्रकला प्रतियोगिता (इन्टर कलेज आर्ट कम्पेटिशन)मा अनिश विक्रम नेम्वाङ प्रथम भएका छन् । गत शुक्रबार अष्ट्रेलियन दूतावासमा भएको सो प्रतियोगितामा लिटल एन्जल्स सेकेन्डरी स्कुलका नेम्वाङ प्रथम भएका हुन् ।

प्रतियोगितामा काठमाडौं इन्जिनियरिङ कलेजका सञ्जीव श्रेष्ठ द्धितीय भएका छन् भने मोडेल इन्सिच्युट अफ टेक्नोलोजिकी प्रशंसा महत तृतीय भएकी छन् । प्रथम, द्धितीय र तृतीय पुरस्कार क्रमशः २०, १५ र १० हजार नगद प्रदान गरिएको थियो ।

अष्ट्रेलियन क्याथोलिक यूनिभर्सिटि (एसीयू) प्रायोजक रहेको प्रतियोगितामा नेपालका लागि अष्ट्रेलियन राजदूत लीयन जोनस्टन प्रमुख अतिथि थिइन् ।

तस्बिरहरू

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस