भोलीसम्म मध्य र पश्चिम तराईमा अत्यधिक गर्मीको चेतावनी, लुम्बिनीमा तातो हावाको लहर

अनलाइनसमय |
११ वैशाख २०८२
भोलीसम्म मध्य र पश्चिम तराईमा अत्यधिक गर्मीको चेतावनी, लुम्बिनीमा तातो हावाको लहर

 

काठमाडौं, ११ वैशाख । मौसम पूर्वानुमान महाशाखाभोलिसम्म मध्य र पश्चिम तराईमा अत्यधिक गर्मी बढ्ने चेतवानीसहित सतर्क हुन आग्रह गरेको छ । विभागले बुधबार साँझ विशेष बुलेटिन जारी गर्दै यस्तो आग्रह गरेको हो ।

लुम्बिनी प्रदेशका तराई क्षेत्रमा आज तातो हावाको लहर आउने सम्भावनासमेत रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

बुलेटिनमा भनिएको छ, ‘आगामी दुई दिनसम्म मधेश प्रदेश लगायत बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरूमा अत्याधिक गर्मीको सम्भावना देखिएकोले आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउनहुन अनुरोध छ । लुम्बिनी प्रदेशका तराईका भू–भागहरूमा आगामी २ दिन (२०८२ वैशाख १२ गते सम्म) तातो लहर (ज्भबत धबखभ) को समेत सम्भावना रहेको हुनाले सो को असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।’

विभागका अनुसार विगत केही दिनदेखि लुम्बिनी प्रदेशका तराई भू–भागमा अत्यधिक गर्मी बढेको छ । त्यहाँ अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ ।

साथै मधेश प्रदेश लगायत बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरूमा ३८ डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ ।

तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुखे, बान्ता आदि हुनसक्ने देखिने महाशाखाले जनाएको छ ।

तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घर भित्र अर्थात चिसो स्थानमा रहन, बाहिरी वातावरणमा बढी नजान, हल्का लुगा लगाउन, सुती कपड़ लगाउन, बाहिर निस्कँदा टाउको छोप्न तथा टोपी लगाउन आुरोध गरिएको छ ।

साथै नियमित (पटक–पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मी संग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन समेत महाशाखाले अनुरोध गरेको छ ।

कस्तो रहनेछ आजको मोसम ?

आज कोशी प्रदेशको पहाडी भू–भागमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहेको छ ।

दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷ हिमपातको सम्भावना रहेको छ ।

राति भने कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷ हिमपातको सम्भावना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस