काठमाडौं, १७ वैशाख । चालू आर्थिक वर्ष (आव) २०८१÷८२ मा नेपालको आर्थिक वृद्धिदर ४ दशमलव ६१ प्रतिशतले बढ्ने राष्ट्रिय तथ्यांक कार्यालयले प्रक्षेपण गरेको छ ।
कार्यालयले बुधबार चालू आवको राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दै आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने अनुमान गरेको हो ।
कार्यालयका अनुसार गत आवमा नेपालको आर्थिक वृद्धिदर ३ दशमलव ८७ प्रतिशत थियो । गत आवको परिमार्जित आर्थिक वृद्धिदर शून्य दशमलव २ प्रतिशत बिन्दु कम अर्थात् ३ दशमलव ६७५ रहेको तथ्यांक कार्यालयले जनाएको छ । यो आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा हो ।
कार्यालयका अनुसार आर्थिक वर्ष २०८१÷८२ मा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने प्रारम्भिक अनुमान गरिएको छ । गत आवको अन्त्यमा नेपालको अर्थतन्त्रको आकार ५७ खर्ब ४ अर्ब रहेको थियो ।