कक्षा १२ को परीक्षा निर्धारित मितिमै हुने, भ्रामक सूचनाको पछि नलाग्न बोर्डको आग्रह

अनलाइनसमय |
१९ वैशाख २०८२
कक्षा १२ को परीक्षा निर्धारित मितिमै हुने, भ्रामक सूचनाको पछि नलाग्न बोर्डको आग्रह

काठमाडौं, १९ वैशााख । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा यही वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म नियमित रूपमा सञ्चालन हुने बताएको छ । बोर्डले उक्त परीक्षाका बारेमा अनधिकृत तवरले सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सूचनामा भर नपर्न आग्रह गरेको छ ।

सामाजिक सञ्जालमा बोर्डको लागो प्रयोग गरेर गलत सूचना फैलाइरहेका घटनामा बोर्डले आपत्ति जनाएको छ । यसअघि कक्षा १२ को परीक्षा वैशाख ११ गतेदेखि सुरु हुने समय तालिका थियो, तर नेपाल शिक्षक महासंघको आन्दोलनका कारण परीक्षा मिति सारिएको थियो । अहिले महासंघसँग सरकारले सहमति गरेकाले परीक्षा तोकिएका केन्द्रहरूमा तय मितिमा हुने बोर्डले जनाएको छ ।

परीक्षासम्बन्धी सबै आधिकारिक सूचना बोर्डको वेबसाइटमार्फत मात्र सार्वजनिक हुने बोर्डले स्पष्ट पारेको छ । यसका साथै बोर्डले आफ्नो फेसबुक पेज नभएको र त्यसकारण अनधिकृत पेजहरूको भ्रममा नपर्न सबैलाई सचेत गराएको छ ।

बोर्डले परीक्षाका बाँकी सबै तयारी पूरा गर्दै निर्धारित मितिमा परीक्षालाई मर्यादित र सुरक्षित रूपमा सम्पन्न गर्न केन्द्राध्यक्ष, शिक्षक, कर्मचारी, सुरक्षा निकाय, अभिभावक, सञ्चारकर्मी र अन्य सरोकारवालाहरूलाई सहयोगको अपिल गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस