काठमाडौं, १९ वैशाख । आज बिहान १० बजेका लागि तय भएको मन्त्रिपरिषद् बैठक र उर्जा राज्यमन्त्रीको शपथग्रहण कार्यक्रम स्थगित भएको छ ।
प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश सिलवालले आज १० बजेका लागि तय गरिएको बैठक र कार्यक्रम दुबै स्थगित भएको जानकारी दिए ।
नेपाली कांग्रेसका खमबहादुर गर्बुजालाई प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १७ गते राज्यमन्त्री नियुक्त गरेका थिए ।
यसअघि १० वैशाखमा प्रधानमन्त्री ओलीले पूर्णबहादुर तामाङ (कान्छाराम)लाई राज्यमन्त्रीबाट बर्खास्त गरेपछि रिक्त पदमा गर्बुजा नियुक्त भएका हुन् ।
शपथग्रहण तथा मन्त्रिपरिषद बैठक स्थगनको कारण भने खुलाइएको छैन।