कांग्रेसले बोलायो संसदीय दलको बैठक

अनलाइनसमय |
१९ वैशाख २०८२
कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं, १९ वैशाख । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । कांग्रेस सभापतिसमेत रहेका संसदीय दलका नेता शेरबहादुर देउवाले शनिबार दिउँसो एक बजेका बैठक बोलाएको हो ।

बैठक संघीय संसद भवन नयाँ वानेश्वरको ल्होत्से हलमा बस्ने तय भएको सिंहदरबारस्थित दलको कार्यालयले जानकारी दिएको छ ।

बैठकमा सरकारको नीति तथा कार्यक्रम र आगामी बजेटबारे छलफल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस