स्वास्थ्य क्षेत्रका सबै सहुलियतलाई स्वास्थ्य बीमामा समेटिने

अनलाइनसमय |
१९ वैशाख २०८२
स्वास्थ्य क्षेत्रका सबै सहुलियतलाई स्वास्थ्य बीमामा समेटिने

काठमाडौं, १९ वैशाख । सरकारले स्वास्थ्य क्षेत्रमा आउने सबै सहायता र सहुलियतका कार्यक्रमलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने भएको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२÷८३ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य क्षेत्रमा आउने सबै सहायता, सहुलियतका कार्यक्रमलाई स्वास्थ्य बीमा क्षेत्रमा आबद्ध गर्ने बताएका हुन् ।

‘स्वास्थ्य सम्बन्धी सबै सहायता, सहुलियतका कार्यक्रमलाई स्वास्थ्य बीमा क्षेत्रमा आबद्ध गरिनेछ । स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गरी दिगो बनाइने छ,’ नीति तथा कार्यक्रममा भनिएको छ ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस