काठमाडौं, १९ वैशाख । सरकारले आगामी आर्थिक वर्ष (आव) २०८२/८३ मा दोस्रो वित्तीय क्षेत्र विकास रणनीति कार्यान्वयनमा लैजाने भएको छ ।
संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८२/८३ को लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेल दोस्रो वित्तीय क्षेत्र विकास रणनीति लागु गरिने बताएका हुन् ।
सरकारल बैंक तथा वित्तीय संस्थाको गैर बैंकिङ सम्पत्ती र खराब कर्जा व्यवस्थापन गर्ने सम्पत्ती व्यवस्थापन कम्पनी (ब्याड बैंक) स्थापना गर्ने घोषणो गरेको हो ।
सूचना प्रविधिको पूर्वाधार विस्तार गरी डिजिटल अर्थतन्त्रको विकास गर्ने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख छ ।
सरकारले डिजिटल बैंक स्थापना गर्ने घोषणा पनि गरेको छ । जसले नगदरहित वित्तीय कारोबार बढाउने उनले बताए ।