काठमाडौं, १९ वैशाख । सरकारले विद्यालय शिक्षा विधेयक चालू बजेट अधिवेशनबाटै पारित गर्ने घोषणा गरेको छ ।
संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८२÷८३ को लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यही अधिवेशनबाट पारित गर्ने बताएका हुन् ।
‘शिक्षा सधारको कानुनी नीतिगत सधार गर्ने । विद्यालय शिक्षा विधेयकलाई यसै अधिवेशनबाट पास गरिने छ,’ राष्ट्रपति पौडेलले भने ।
राष्ट्रपति पौडेलले शिक्षालाई सर्वसुभल, गुणस्तरीय र जीवनउपयोगी बनाउने पनि घोषणा गरे । उनले भने, ‘विद्यालय शिक्षाको शासकीय सुधारको दीर्घकालीन मार्गचित्र तयार गरी पुनसंरचना गरिनेछ । २०८४ भित्र सबै बालबालिकाले आधारभूत शिक्षा पाउने व्यवस्था गरिनेछ ।’