काठमाडौं, १९ वैशाख । सरकारको नेपाल प्रहरीलाई सुदृढ र प्रविधिमैत्री बनाइने बताएको छ ।
शुक्रबार संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् । अपराध अनुसन्धान प्रविधिमैत्री बनाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।
साइबर अपराध नियन्त्रणका लागि पनि विशेष काम गरिने बताइएको छ । त्यस्तै सुरक्षाकर्मीकोे क्षमता अभिवृद्धिका लागि काम गरिने उल्लेख गरिएको छ ।