नबिल एन बैंकको डिजिटल बैंकिङमा अबको यात्रा कता ?

अनलाइनसमय |
२० वैशाख २०८२
नबिल एन बैंकको डिजिटल बैंकिङमा अबको यात्रा कता ?

काठमाडौं, २० वैशाख । नेपालमा औपचारिक बैंकिङ सेवा शुरू भएको करीब ९ दशक भइसकेको छ । नेपालमा तुलनात्मक रूपमा छिटो आधुनिकीकरण र विकास विस्तार भएको क्षेत्र पनि बैंकिङ नै हो । कागजी नोटको कारोबारदेखि सबै बैंकिङ सेवाका लागि लाइन बस्नुपर्ने अवस्था अहिले छैन । एकाध बाहेक सबैजसो सेवा अहिले अनलाइनमार्फत नै लिन सकिन्छ । घरमै बसेर बैंक खाता खोल्ने, बन्द गर्ने, कर्जा माग गर्ने, साँवा–ब्याज तिर्नेदेखि विभिन्न युटिलिटी शुल्क विद्युतीय माध्यमबाटै भुक्तानी गर्नु सामान्य भइसके । विशेषगरी कोरोना महामारीपछि नेपालको डिजिटल बैंकिङ र फिनटेकले ठूलो फड्को मारेको हो । स्मार्टफोन तथा इन्टरनेटको सहज पहुँच, बैंक तथा वित्तीय संस्थाले ल्याएका आधुनिक बैंकिङका सेवासुविधा र ग्राहकको वित्तीय सचेतनाले समेत डिजिटल बैंकिङले छलाङ मारेको हो । डिजिटल बैंकिङ सेवाले ग्राहकलाई सहज भएको मात्र छैन, समय र लागत पनि बचेको छ । नेपालमा डिजिटल बैंकिङमा अग्रणी बैंकमध्ये नबिल बैंक पनि रहेको छ, जसले नेपालमै पहिलोपटक एनबैंक अर्थात् नियो बैंक समेत शुरू गरेको छ । नेपालको आधुनिक बैंकिङको यात्रा, डिजिटल बैंकिङको अवस्था, यसका सम्भावना र चुनौती, भविष्य कस्तो छ त ? यसमा नेपालका बैंकहरू कसरी अघि बढ्दै छन् ? यस विषयमा हिमालय टेलिभिजनबाट बिहीबार प्रसारण भएको वित्तीय शिक्षा कार्यक्रममा नबिल एन बैंकका प्रमुख प्रदीप नेपालसँग गरिएको कुराकानी ।

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस