काठमाडौँ, २१ वैशाख । खराब मौसमका कारण मुलुकका आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान भएको छ । लगातारको वर्षासँगै कम देखिने अवस्था (भिजिविलिटी)का कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित अन्य विमानस्थलहरूमा उडान प्रभावित भएको हो ।
खराब मौसमका कारण बिहानैदेखि धेरै उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । कार्यालयका अनुसार ‘इन रुट वेदर’ समस्या देखिँदा भारतको बनारसतर्फ जाँदै गरेको जजिर एयरको विमान डाइभर्ट गर्नु परेको थियो भने बुद्ध एयरको माउन्टेन फ्लाइटसमेत मार्ग परिवर्तन गरेर फर्काइएको छ ।
यसैबीच रामेछापबाट लुक्ला उडान गर्ने समिट र तारा एयरका तीनवटा विमान पनि लुक्लाको खराब मौसमका कारण गन्तव्यमा अवतरण गर्न नसकी वैकल्पिक गन्तव्यतर्फ डाइभर्ट गरिएको छ । त्यस्तै नेपाल वायुसेवा निगमको काठमाडौँ–थामखर्क उडान पनि मौसम प्रतिकूलताका कारण मार्ग परिवर्तन गरिएको छ ।