राज्यमन्त्री गर्बुजाले लिए पद तथा गोपनीयताको शपथ

अनलाइनसमय |
२१ वैशाख २०८२
राज्यमन्त्री गर्बुजाले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं, २१ वैशाख । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले शपथ लिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष गर्बुजाले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

कार्यक्रममा उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, मन्त्रीहरु, नेपाल सरकारका उच्चाधिकारीलगायत उपस्थित थिए ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीको सिफारिमा यही वैशाख १७ गते गर्बुजालाई राज्यमन्त्रीमा नियुक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस